प्रवासी नेपाली एकता मंच यूकेले नयाँ वर्ष शुभकामना कार्यक्रम गर्दै

लन्डन । नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रवासी नेपाली एकता मंच यूकेले ‘सम्बृद्ध नेपाल-सुखी नेपाली’ को नारासहित ‘नव वर्ष २०७८ शुभकामना’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कोरोना महामारीका कारण बेलायतमा  पूर्ण रुपमा लकडाउन  खुलीनसकेको  हुँदा  कार्यक्रम भर्चुअल माध्यमबाट हुने कार्यक्रम संयोजक विनोद ज्ञावलीले जानकारी दिए ।

यहि अप्रिल १८ तारिख आइतबार हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण नेपाली संघ-संस्था, वैचारिक संस्थाहरु र नागरिक समाजलाई सहभागी हुनको लागि आयोजक प्रवासी नेपाली एकता मंच यूकेले आग्रह गरेको छ ।

प्रवासी नेपाली एकता मंच यूके अध्यक्ष भक्त गुरुंगको अध्यक्षतामा आयोजना हुन गइरहेको  सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकालको उपस्थिति रहनेछ ।

साथै कार्यक्रममा  प्रतिनिधि सभा सांसद कोमल ओली, जनगायक बैकुण्ठ महत र गायिका प्रिया भण्डारीको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित