पत्रकार महासंघ बेल्जियमको नेतृत्वमा ओम शर्मा

लन्डन । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले मंगलबार सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । गत फेव्रुअरी महिनाको पहिलो साता बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार मंगलबार नयाँ कार्यसमिति चयन गरिएको हो।

पत्रकार एवम् चारदिशा डटकमका प्रधान सम्पादक ओम शर्माको अध्यक्षतामा गठित नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

‘प्रवाशमा रहेका पत्रकारीता पेशालाई थप मर्यादित, सबल र सक्षम बनाउन आफूले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले गोर्खा अनलाइन रेडियोलाई बताए । साथै सबैको धारणालाई समेटेर भावी कर्ययोजना बनाएर अघि बढ्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।‘

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले नवनिर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको शपथ गराएका थिए । समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बराइलीले बताए ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको बताए ।

प्रविधिको विकास र यसको सहजताका कारण सबैको हातमा स्मार्ट फोन रहेको हुँदा मल्टिमिडियासंग परिचित रहन र आफ्नो सीप विकासमा ध्यान दिनुपर्ने योगीले बताए ।

सो कार्यक्रममा निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल,पत्रकार सरस्वती कार्कीलगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित