लन्डन । बेलायतमा भर्खरै स्थापित भएको काभ्रे सोसाईटी युकेले संस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले बारकोडसहितको अनलाइन सदस्यता सदस्यता परिचय पत्र वितरण सुरु गरेको छ ।
‘हाम्रा सम्पूर्ण क्रियाकलाप शुरुबाटै पारदर्शी बनाउने प्रयास गरेका छौ।’ संस्थाका अध्यक्ष रवीन्द्र शर्मा बताउछन्। केहि महिना अघिमात्र शर्माको अध्यक्षतामा बनेको पहिलो कार्यसमितिले संस्था स्थापनालगत्तै गरेको यो अर्को उदाहरणीय र पारदर्शी काम अन्य संस्थाहरुको लागि पनि प्रेरणा हुन् सक्ने अपेक्षा सोसाइटीको वरिष्ठ उपाध्यक्ष नारायण फुँयाललेको ठम्म्याई छ ।
गतवर्ष नोभेम्वर ९ तारिखबाट स्थापित सोसाइटीले शुरुका दिनदेखि नै आफ्नो सक्रियता बढाएको महासचिब रूपक पौड्यालले बताए । सोसाईटीको पाइपलाइनमा अरु पनी योजना छन, एक पछी अर्कों काम गर्दै जाने हो उनले थपे ।
नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म भई हाल बेलयातका विभिन्न शहरहरु बसोबास गर्दै आएका सबैलाई एकत्रित गर्ने उद्देश्यले काभ्रे सोसाइटी गठन गरिएको हो । गत फेब्रुअरी १४ प्रेम दिवसका दिन भर्चुअल माध्यमबाट भएको कार्यकारी समितिको बैठकले १७ जना विद्यार्थीलाई पढाउने निर्णय गरेको थियो ।
संस्थाले काभ्रेमा अति विपन्न जेहेनदार बालबालिकाको पहिचान गरी छात्रवृत्ति शुरु गर्ने योजना अनुरुप काम शुरु भैसकेको छ। काभ्रे सोसाइटी युकेले आफ्ना सदस्यहरुको सुविधाको लागि सोसाईटीको वेभसाईट मार्फत अनलाईन सदस्यता बितरण कार्य शुरु गरेको छ ।
सदस्यता लिन चाहने बेलायतवासी काभ्रेलीहरुले काभ्रे सोसाइटी यूकेको वेभसाइटमा गएर सदस्यता आवेदन दिन सक्नेछन् भने यसरि भरिएको विवरण सम्वन्धित आवेदकलाइ सिस्टमममार्फत अटोमेटिक इमेल भेरिफिकेशन प्राप्त हुनेछ।
आवेदकबाट इमेल ठेगाना भेरीफिकेशन भैसकेपछि उक्त आवेदको सबै विवरण प्रमाणित भएमा सम्बन्धित आबेदकले संस्थाको व्यक्तिगत सदस्यता नं. सहित संस्थाको प्रमाणपत्र र बारकोड सहितको फोटो आइडी कार्ड इमेल मार्फतनै प्राप्त गर्नेछन।
प्रत्येक सदस्ययलाई काभ्रे सोसाइटी यूकेको व्यक्तिगत युजर एकाउण्ट उपलब्ध गराइने छ । सदस्यले २४ सै घण्टा आफूले चाहेको बेला आफ्नो एकाउन्ट लगइन गरेर आफ्नो विवरण अध्यावधिक गर्न, संस्थाका सम्पूर्ण हिसाबकिताब र प्रगतिबारे आफूले चाहेको समयमा हेर्न सक्नेछन्।
सोसाइटीले आफ्नो सामाजिक कर्मलाई उत्साहपूर्ण ढंगले अघि बढाउंदै जाने उनले जानकारी दिए । काभ्रे सोसाईटी यूकेको अफिसियल वेबसाइटको लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ भने हो भने सदस्य बन्नको लागि यहाँ क्लिक गर्नुहोला। ।