पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेम परियार निर्वाचित

लन्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्विरोध निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त अधिवेशनले नयां कार्यसमितिको निर्विरोध रुपमा चयन गर्न सफल भएको हो ।
निर्वाचनमा शाखाका ५९ जना सदस्यहरु मतदाताको रुपमा रहेका थिए । लामो छलफलपछि शाखाले प्रेमबहादुर परियारको अध्यक्षतामा कार्यसकितिको निर्विरोध चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा केजिन राई र महेशकुमार खाती वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

यसैगरी उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाईबी गुरुङ,दिलनिशानी मगर, जंगम खड्का, दीपेन्द्र गजुरेल रहेका छन् । द्रोण रिजाल महासचिवमा चयन भएका छन् भने महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली सचिव तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर काउछा, रमेश राज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् । शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।

फ्रेबुअरी २० मा शाखाको चौथो अधिवेशनले शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बालाई तोकिएको थियो भने केन्द्रीय प्रतिनिधिमा चिरन शर्मा रहेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित