बेलायतमा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको ।

गत हप्ता बुधबारको तुलनामा आजको मृतक संख्या ३० प्रतिशत कम हो । यससँगै  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ३२८ पुगेको छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ६०५ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४३ लाख १२ हजार ९०८ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ५ हजार ४०७ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ७११ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३६० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा ३ करोड ११ लाख बढी डोज खोप वितरण  

बेलायतमा  हालसम्म तीन करोड ११ लाख भन्दा बढी डोज खोप वितरण  भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ११ लाख ८६ हजार ३६२ डोज खोप वितरण भइसकेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८६ लाख ५३ हजार ५२३ जनाले खोपको पहिलो डोज लिएका छन् भने २५ लाख ३२ हजार ८३९ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायतमा खोप वितरणलाई तीव्रता दिने क्रममा एकैदिनमा ८ लाख ४४ हजार २८५ जनालाई खोप लगाएको छ ।

खोप वितरणमा दिइएको तीव्रतासँगै बेलायतमा कोरोना संक्रमण दरमा कमी आउँदै गएको छ भने मृतक संख्यामा पनि निकै ह्रास आएको छ ।  बेलायतमा हाल फाइजर र अस्ट्राजेनिका दुईवटा खोप वितरण भइरहेको छ ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित