नेपाल पत्रकार महासंघ यूरोपको निर्वाचन शुक्रवार हुने

लन्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको निर्वाचन यही शुक्रबार हुने भएको छ ।

कार्यसमिति, निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिबीच मंगलबार बसेको बैठकले निर्वाचन शुक्रबार गर्ने निर्णय गरेको शाखाका कार्यवाहक महासचिव द्रोण रिजालले जानकारी दिए ।

बैठकले शाखाको नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गर्ने सहमति गरेको छ । सर्वसम्मति कायम गरी निर्वाचन गर्न एक अधिकार सम्पन्न कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगर, प्रमुख आयुक्त राजेश चाम्लिङ र केन्द्रिय प्रतिनिधी चिरन शर्मा छन् ।

बैठकले शाखाका सदस्यहरुको अन्तिमनामावली समेत टुंग्गो लगाएको छ ।

यसअघि गत फेब्रुवरी २० तारिखका दिन शाखाको चौथो महाअधिवेशन सूचना तथा संचारमन्त्री पार्वत गुरुङले उद्धघाटन गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित