बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो

लन्डन ।  बेलायतमा महामारी शुरु भएयता कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप १०१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार २६ पुगेको छ । आज सार्वाजनिक तथ्याँक विगतका केहि शुक्रबारको तुलनामा निकै कम रहेको अधिकारीहरुले बताएका छन् ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ८०२ जना नयां संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ८५ हजार ६८४ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार ५४४ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८७९ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४९४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ८२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ८२ लाख बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ८२  लाख ७४ हजार ८०२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ६२ लाख ६३ हजार ७३२ जनाले खोपको पहिलो डोज लिएका छन् भने २० लाख ११  हजार ७०  जनाले खोपको दोस्रो डोज लिएका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर विभिन्न मुलुकले अस्ट्राजेनिका खोपमाथि लगाएको प्रतिबन्ध हटेसंगे उक्त खोप लगाउन शुरु गरिएको छ । फ्रान्स तथा जर्मनले शुक्रबारबाटै खोप लगाउन शुरु गरिसकेका छन् ।

यूके तथा युरोपेली नियामक निकायले बिहीबार अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेसंगै खोपमाथिको  आशंका हटेको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार आफूले एस्ट्राजेनिकाकै खोपलाई रोजेको बताउंदै सबैले निर्धक्कसंग उक्त खोप लगाउन आग्रह गरेका छन् ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको तथ्य सार्वजनिक भएसंगै यस खोपले पु:न निरन्तरता पाएको हो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित