इंग्ल्याण्डमा ४० मध्ये एक महिला यौन हिंसाको शिकार

फोटो बीबीसी

लन्डन । इंग्ल्याण्डमा हरेक ४० मध्ये एक वयस्क महिलाले यौन दुर्व्यवहारको पीडा भोग्नुपरेको एक अध्ययनले देखाएको छ ।  इंग्ल्याण्ड र वेल्सका १६ देखि २४ वर्ष उमेरका महिलाहरुले बलात्कार वा यौन हमलाको शिकार बन्नु परेको राष्ट्रिय तथ्याँक कार्यालयद्वारा गरिएको अध्ययनमा उल्लेख छ ।

गतवर्ष मार्च सम्मको तथ्याँक अनुसार १६ वर्ष माथिका ०.१ प्रतिशत पुरुष र ०.८ प्रतिशत महिलाहरु यस किसिमको अपराधको शिकार बनेका थिए । सोहि अवधिमा १६–७४ वर्ष उमेरका करिब ७ लाख ७३ हजार वयस्कहरुले पनि यौन हिंसाको शिकार भएको बताएका छन् । यस्ता घटनाहरु सर्वेक्षणले पत्ता लगाएपनि प्रहरीसमक्ष भने नपुरयाइएको पनि उल्लेख छ ।

कम्तिमा पनि ६ जनामध्ये एकजना अर्थात १६ प्रतिशतले प्रहरीलाई खबर गरेको पाइएको छ भने ४० प्रतिशतले अन्य व्याक्तिसमक्ष कुरा गरेको तर प्रहरीलाई जानकारी नदिएको बताएका छन् ।

त्यस्तै कतिपयले इज्जत र अपमान सहनुपर्ने कारणले पनि भन्न नचाहेको बताएका छन् भने कतिपयको प्रहरीद्वारा सहयोग हुनेमा विश्वस्त नभएको धारणा छ ।

१० मध्ये ४ जनाले आफू पार्टनर वा पूर्व पार्टनरबाट पीडित हुने गरेको बताएका छन् । झन्डै १० जनामध्ये एकजना सडक, कारपार्क लगायत अन्य खुल्ला सार्वजनिक ठाउँमा र करिब एक तिहाइले भने आफ्नै घरमा पीडित भएको स्वीकारेका थिए ।

५४ प्रतिशत भन्दा बढी अपराधीले शारीरिक बल प्रयोग तथा जबर्जस्ति यौन हिँसा गर्ने गरेको बताएका छन् भने ६ प्रतिशतले ज्यान मार्ने धम्की समेत दिने गरेको बताएका छन् । पुरुषको तुलनामा महिलाहरु चार गुणा बढी यौन हिंसाका शिकार बन्ने गरेको तथ्यांकले देखाएको छ ।

मार्च अन्त्यसम्ममा इंग्ल्याण्ड र वेल्सका प्रहरीहरुले एक लाख ६२ हजार ९३६ यौन अपराधका घटना दर्ता गराएको बताएका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या ०.७ प्रतिशतले कमी रहेको राष्ट्रिय तथ्याँकको कार्यालयले जनाएको छ ।

भर्खरै मात्र भएको सारा एभेरार्ड हत्या प्रकरणपछि बेलायतमा महिला सुरक्षाको विषयमा व्यापक छलफल शुरु भएको छ । मार्च ३ का दिन घर फर्किने क्रममा साउथ लन्डनमा बेपत्ता भएकी ३३ वर्षीया साराको स्मृतिमा सैयौंको संख्यामा मानिसहरु भेला भएर प्रदर्शन गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक