लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ् दिएकी छन् । गीतमा शब्द संगीत दिपक शर्माको रहेको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।
गीतको म्यूजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय हेर्न सकिनेछ । म्यूजिक भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यसअघि पनि उनले लोकप्रिय संगीतकार, गायिका तथा गीतकारहरुसंग काम गरिसकेका छन् ।
सन् २००६ मा कृष्णहरि बराल तथा नरेन्द्रराज प्रसाईंको रचना र स्व. रत्न बहादुर खड्गीको एकल संगीतमा ‘आविष्कार’ नामक एल्बम निकालिसकेका छन् । २००९ मा न्हूँ बज्राचार्यको रचनामा देशभक्ति गीत ‘मेरो लास जलोस बागमतिमा’ र रमासिंहको रचनामा ‘यो जीन्दगी’ पनि कार्कीका लोकप्रिय गीत अन्तर्गत पर्दछन् ।
चाडै नै उनको अर्को गीत एउटा गीत पनि सार्वजनिक हुँदैछ, जसको अडियो रेकर्ड भैसकेको छ । उक्त गीतको म्यूजिक भिडियोको छायांकन भने लन्डनमा नै तयार गर्ने सोच रहेको गायक कार्कीले नेपाली लिंकलाई बताए ।
सुनै सुनको तिलहरी म्यूजिक भिडियो: