लन्डन । कोरोना भाइरसका कारण योसाता विदेशमा थप तीनजना नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो ।
योसंगै कोरोना संक्रमणका कारण विभिन्न २१ देशमा निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।
यसैगरी ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोसंघले जारी गरेको तथ्यांकमा उल्लेख छ ।तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार योसाता पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।