सेसेल्स सरकारको कोरना राहत कोषमा एनआरएनए सेसेल्स द्वारा सहयोग

सेसेल्स । अफ्रिकी  मुलुक सेसेल्स  सरकारको  कोरना राहत कोषमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ ।

आज एक विशेष समारोहमा  एनआरएनए सेसेल्स एनसीसीका तर्फबाट  अध्यक्ष रामप्रसाद पन्त , मनोज बि.क. र रोजमेरी राईले स्वास्थ्य विभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४० हजार  ( ने . रु . दुई लाख चालीस हजार ) बराबरको चेक एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट  हस्तान्तरण गरेका हुन्  ।

उक्त समारोहमा  स्वास्थ्यमन्त्री पेग्गी भिगेडको समेत उपस्थिति रहेको थियो ।  पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका  विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन ।

थुप्रै नेपालीहरुको कर्मथलोको  रुपमा स्स्थापित  सेसेल्सलाई  नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले बताएका छन् ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट  सेसेल्समा रहेको नेपाली समुदायलाई आभार व्यक्त गरेकी थिइन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित