असंवैधानिक ठहर गर्दै सर्वोच्चद्वारा सरकारको प्रतिनिधिसभा विघटनको निर्णय बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार संसद विघटनलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायधिश चोलेन्द्र शम्सेर जबरा र न्यायधिशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओलीको संसद विघटनको कदम बदर भएर संसद पुनस्थापना भएको छ ।

ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएका थिए । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।

फागुन ७ गते संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय प्रस्तुत गर्ने क्रम सकिएसँगै मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो  । यसअघि रिट निवेदकका तर्फबाट करिब तीन सय कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएकोमा ७२ जनाले बहस गरेका थिए ।  सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका निजी कानुन व्यवसायी ३२ जनाले बहस गरेका थिए ।

फैसलाको पूर्णपाठ:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित