अल्डरसटमा ६० वर्ष माथिका नेपालीले बिना ‘अपोइन्टमेन्ट’ नै खोप लगाउन पाउने

लन्डन । बेलायतस्थित अल्डरसटमा बस्ने ६० वर्ष माथिका नेपालीहरुले बिना ‘अपोइन्टमेन्ट’ नै कोभिड खोप लगाउन पाउने भएका छन् ।

प्राइमरी केयर नेटवर्कस् (पीसीएन) का निर्देशक डा. लुइस पेन र स्वयंसेवक लिडर साम ट्रस्लरसँग भएको फोन वार्ता अनुसार फेब्रुअरी १९ तारिखका दिन उक्त क्षेत्रमा बस्ने ६० वर्ष माथिका जेष्ठ नेपाली नागरिकलाई बिना अपोइन्ट खोप दिन लागिएको ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्बासेले जानकारी दिए ।

बेल्वासेले ६० वर्ष पुगेकाले प्रिन्सेस हल अल्डरसट गएर बिहान ८.३० देखि साँझ ५ बजे भन्दा पहिला लाइन बस्न पनि अनुरोध गरेका छन् ।

खोप लगाउनका लागि साथमा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको विवरण साथै पासपोर्ट समेत लिएर जानुपर्नेछ ।

यसअघि पनि ७० वर्षमाथिका सयौं भूतपूर्व गोर्खा वृद्धवृद्धाले बिना अपोइन्टमेन्ट नै खोप लगाउने अवसर पाएका थिए । नेपाली उल्लेख्य रहेको उक्त क्षेत्रका बेलायती समुदायसंग नेपालीको राम्रो सम्बन्ध र सहयोग आदानप्रदान हुंदै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित