निर्मला थापा मगरको भ्यालेन्टाइन कोसेली ‘माया लायर’ सार्वजनिक

लन्डन । गायिका निर्मला थापा मगरले ‘भ्यालेन्टाइन डे’  को कोसेली स्वरूप ‘माया लायर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

निर्मला थापा मगर र नरेश खाती क्षेत्रीको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द संगीत रहेको छ भने विश्वास नेपालको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मेक्सम खाती र गीता ढुंगानाको अभिनय देख्न सकिनेछ ।

मायालु जोडीले एकार्कालाई पाउँदाको खुशीको क्षणलाई  गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ । सुन्दर अनि मनोरम प्राकृतिक दृश्यसहितको छायांकनले म्यूजिक भिडियो थप आकर्षक बनेको छ ।

भिडियोमा विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छयांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।भिडियोलाई गायिका निर्मला थापा मगरको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

‘माया लायर’ म्यूजिक भिडियो हेर्नुहोस ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित