लन्डन । ‘गीत संगीतको कुनै भाषा हुदैन’ भन्ने कुरालाई नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय युवा संगीतकार शिखर सन्तोषले प्रमाणित गरेका छन् ।
नेपाली लगायत हिन्दि, भोजपुरी, गुजराती, मराठी, पन्जाबी भाषामा पनि उत्तिकै पोख्त रहेका शिखर सन्तोषले बलिवुडको सांगीतिक क्षेत्रमा पनि उत्तिकै प्रभाव जमाउंदै आएका छन् ।
पछिल्लो समयमा उनले भारतीय सांगीतिक क्षेत्रका चर्चित गायक सोनु निगमद्वारा स्वरबद्ध गित ‘तेरी चाहतोंका असर लगरहा हे’ बोलको गीतमा संगीत दिएका छन् ।
सानी आस्लमको शब्द रहेको उक्त गीत चाडै आउन लागेको हिन्दि चलचित्र ‘जुबान’ को लागि रेकर्ड गरिएको संगीतकार शिखर सन्तोषले बताए । तेसो त उनले यसअघि पनि थुप्रै हिन्दि गीतहरुमा संगीत भरिसकेका छन् ।
उनले भारतीय गायक गायिकाहरुको स्वरमा हिन्दि मात्र नभई नेपाली गीतहरुमा पनि संगीत दिएका छन् ।
४६ वर्षपछि गायिका लता मंगेस्करको आवाजमा नेपाली गीत रेकर्ड गर्न सफल संगीतकार शिखर सन्तोषको पहाडको छुक छुके रेल, बाचुन्जेलीलाई जस्ता लोकप्रिय गीतहरु हुन् जसमा लता मंगेस्करको स्वरमा उनले संगीत भरेका छन् ।
१८ वर्षको उमेरमा मुम्बई पुगेर सांगीतिक ज्ञान हाँसिल गरेका शिखर सन्तोष पछिल्ला समयका चर्चित भारतीय कलाकारहरुसंग निकै नजिक रहेका छन् ।
‘तेरी चाहतोंका असर लगरहा हे’