महेश भट्टराईको ‘तँ त कस्तो भाग्यमानी’ गीत सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ नामक आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताए ।

गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत संयोजन गरेका छन् । ‘सेन्टिमेन्टल’ उक्त गीतको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछानेको अभिनय छ ।

अप्सराले यसै गीतबाट म्यूजिक भिडियोमा ‘डेब्यु’ गरेको निर्माण पक्षले जनाएको छ । काठमाडौंको एक होटलमा असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत अप्सरा टिकटकमा उत्कृष्ठ भिडियो निर्माण गर्न पोख्त छिन् ।

अप्सराको सोही कला र अभिनयबाट प्रभावित भएर म्यूजिक भिडियोमा डेब्यू गर्र्ने अवसर दिइएको निर्माण पक्षको भनाई छ । गीतको म्यूजिक भिडियो उत्कृष्ठ बनेको र आफ्नो अभिनय दर्शकले रुचाइदिनेमा विश्वस्त रहेको अप्सरा बताउँछिन् । बुद्ध थापाको छाँयाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक