बेलायतमा कोरोनाबाट १ लाख १० हजार बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रामित संख्यामा केहि वृद्धि भएको छ । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ९२ हजार ४५९ पुगेको छ । पछिल्लो एकसातामा एक लाख ४८ हजार ७२५ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  । हाल यहाँका अस्पतालमा ३१ हजार ६७० जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६२५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

बेलायतमा करिब एक करोड ५ लाखले लगाए कोरोनाको खोप

लन्डन । बिहिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा झन्डै डेढ करोड मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ४ लाख ९०  हजार ४८७ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये पांच लाख एक हजार ९५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित