लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अबको योजना र विशेष महाधिवेशनको उपलब्धिका बारेमा एनआरएनए यूकेले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । एनआरएनए यूकेको संघसंस्था विभागद्वारा बुधवार साँझ आयोजित भर्चुअल कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी सहभागी थिए ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइसीसी महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली अभियानको विगत, वर्तमान र भविष्यका बारेमा प्रकाश पारेका थिए ।
डा. शर्माले वर्तमान कार्यसमितिले संघभित्र आर्थिक, प्रशासनिक, संस्थागतलगायतका विषयमा सुधारका काम थालेको बताए । नेपाल फर्केका नेपालीलाई नेपालमा स्थापित गर्ने उद्देश्यले स्किल डेटाबेस बनाउन लागिएको जानकारी पनि उनले दिए ।
आइसीसी सदस्य तथा विधान सशंसोधन समितिका उपसंयोजक रामशरण सिम्खडाले संघको विधानमा हालै गरिएको संशोधनले राष्ट्रिय समितिलाई पार्ने प्रभावका विषयमा बताए । उनले संघको संशोधित विधान अग्रगामी रहेको दावी गरे । एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोजिना प्रधानले दिएकी थिइन् ।
कार्यक्रममा एनआरएनए यूकेका संरक्षक सूर्य गुरुङ, आइसीसी अनररी काउन्सिल सदस्यद्धय रण केसी र ले चन्द्र गुरुङ, आइसीसी सदस्य सुरोज मास्के, काउन्सिलर लक्ष्य गुरुङ, तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, क्षेत्री समाजका धन क्षेत्री, साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारी, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष खुशीमान गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पासापुच गुठी लण्डन शाखाकी अध्यक्ष रुक्मणी मानन्धर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, क्षेत्री समाजका धन क्षेत्री, तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष नन्दजंग गुरुङ, महेश अधिकारी, तमुपेलुका खुशीमान गुरुङ, पासापुस गोठी लण्डन शाखाकी अध्यक्ष रुक्मणी मानन्धर, सुनिल राई, साहार यूकेका अध्यक्ष कुमार गुरुङ, विश्वदीप तिगेला, रण केसी, पिप्ला देवान, चन्द्र गुरुङ, लक्ष गुरुङ, श्री लिम्बु, एलएन पाण्डे, खुशी लिम्बु, राम गलामी, सुरज मास्के, कृष्ण उपाध्य, पवन शर्मा, नेत्र खरेल, बाचपति रेग्मी, चिरन शर्मा, राजन क्षेत्री, लक्ष्मण गुरुङ, बाचसपति रेग्मी, भीमलाल भट्टराई, लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
१ सय जना भन्दा बढी सहभागी कार्यक्रममा अधिकांश बक्ताहरुले संघले अघि सारेको स्मार्ट एनआरएनएको समय सान्दर्भिक भएको बताउदै अनलाइन भोटिङ विश्वसनीय हुनुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले सहभागीहरुको सुझाव र सल्लाहप्रति आभार व्यक्त गरिन् ।