लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको आगामी फागुनमा हुने चौथो महाधिवेशनको लागि नेपाल पत्रकार महासंघले प्रतिनिधी खटाएको छ ।
नेपाल पत्रकार महासंघका अनुसार फागुनको तेस्रो साताभित्र शाखाको अधिवेशन सम्पन्न गराउन बेलायतस्थित सकृय पत्रकार चिरन शर्मालाई केन्द्रीय प्रतिनिधीको रुपमा खटाइएको हो ।
शर्मा गैरआवासीय नेपाली संघको कोभिड महामारीबिरुद्ध लड्न गठित उच्चस्तरीय समितिको प्रेस संयोजक छन् ।
गैरआवासीय नेपाली अभियानमा दख्खल राख्ने स्वच्छ छवी भएका पत्रकार शर्मा नागरिक दैनिकको लागि बेलायत संवाददाता हुन । उनी नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष समेत हुन् ।