एनआरएनए अध्यक्ष्यमा उमेद्वार बन्ने उपाध्यक्ष केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने  बताएका छन् । दुई दशक बढी गैरआवासीय नपाली संघको अभियानमा लागिपरेका केसीले आइतवार न्यूज ट्वान्टीफोरसंगको एक अन्तरक्रियामा उक्त कुराको खुलासा गरेका हुन् ।

वर्तमान कार्यसमितिमा आफू  सिनियर भएको कारण पनि अध्यक्ष पदको बलियो दाबेदार भएको उनले बताए । डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागीता, नेपालमा लगानी, विज्ञान प्रविधी, बैदेशिक रोजगारी लगायतका क्षेत्रमा सकृय भएर काम गर्ने प्रतिबद्धता जनाए । उनको उम्मेदवारी औपाचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

डा. केसी २००३ देखि एनआरएन अभियानमा होमिएका २००७ सम्म आईसीसी रुसको साधारण सदस्य रहे । त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले आएर अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । अमृत साइन्स कलेजबाट १९९० मा आईएस्सी गरेका उनले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् ।

त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गरे । उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने अपेक्षा गरिएको छ ।

सो अधिवेशनले संघको आगामी २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ । सो अधिवेशनको तयारीका लागि संघले स्मार्ट एनआरएनए अन्तरर्गत अनलाइन भोटिङ्ग, प्रतिनिधी चयन, राष्ट्रिय समितिका निर्वाचन लगायतका विषयलाई व्यवस्थित गर्न गत साता विशेष महाधिवेशन मार्फत संघको विधानमा संशोधन गरेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित