एनआरएनए विशेष महाधिवेशन ऐतिहासिक सफलता: डा. हेम राज शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) दुईदिने विशेष महाधिवेशन आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली, नेपाली कांग्रेस नेता गोविन्द भट्टराई, पुर्व अध्यक्षहरु डा शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, संरक्षक रामप्रताप थापा, संघका अन्तर्राष्ट्रिय तथा राष्टिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधिहरु तथा शुभचिन्तकहरु सबैलाई धन्यवाद दिन चाहान्छु ।

संघको इतिहासमै पहिलो पटक आयोजना गरिएको विशेष महाधिवेशन निकै चुनौतीपूर्ण थियो हाम्रो लागि । कारण, कोभिड १९ को कारणले अवस्था सहज थिएन । त्यसैले अनलाइन माध्यमबाट महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइपर्यो ।

पहिलो पटक त्यसमाथि नितान्त नौलो र नयाँ प्राविधि मार्फत गर्नुपर्दा विशेष महाधिवेशन नै चुनौतीपूर्ण थियो । महाधिवेशनलाई लिएर विभिन्न आशंका पैदा हुनु स्वभाविक थियो ।

तर अध्यक्ष कुमार पन्तको लचकता, कार्यकारी सचिवालयका साथीहरुको धैर्यता, पुर्व अध्यक्ष, संरक्षकहरु तथा सल्लाहकारहरुको मार्गनिर्देशन, प्रतिनिधि साथीहरुको समझदारीले अन्ततः ती सबै चुनौती पार गर्दै सफल रुपमा हामीले यो महाधिवेशन सम्पन्न गर्यौं ।

विषम परिस्थितिका माझ संघ र नेतृत्वपंक्तिले एउटा नयाँ परिक्षामा सफलता हासिल गर्यो र अझ धेरै कुरा सिक्ने मौका पायो पनि । हुन त विधान संशोधनको मुद्दा आजको होइन ।

जतिबेला म विधान संशोधन सुझाव समितिमा संयोजक थिएँ त्यतिबेलै संघको निर्वाचन प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्छ भनेर पटक(पटक संशोधनको प्रस्ताव पेश गरिएको थियो तर नेतृत्वले आवश्यकता र अपनत्व महसुस गर्न नसक्दा यी मुद्दाहरु बारम्बार तुहिएका थिए ।

कोभिड(१९ का कारण उत्पन्न असहज परिस्थितिलाई पनि हामीले अवसरका रूपमा लिएर अघि बढ्यौं । भौतिक रूपमा उपस्थिति हुँदा सायद त्यति धेरै छलफलको मौका मिल्थ्यो कि मिल्दैन थियो तर प्रविधिको माध्यमले जो जहाँ भए पनि सबै एउटै कम्पुटर स्क्रिनमा उपस्थित भएर पटक पटक विधान संशोधन प्रस्तावमा घनिभुत छलफल गर्ने अवसर मिल्यो

। फलतः धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुबीच प्रस्तुत प्रस्तावमा सर्व सहमति जुट्यो र सर्वसम्मतिले संशोधित विधान पारित पनि भयो । यस ऐतिहासिक सफलताका लागि विधान समितिलाई साधुवाद । साथमा यस कार्य सफलताका लागि सहयोग गर्नु हुने संघका संरक्षक, सल्लाहकार तथा कार्यसमितिका साथीहरु प्रति कृतज्ञ छु ।

यस बीचमा केही प्रगतिशील मुद्दाहरुलाई तत्कालका लागि थाती राख्नुपर्ने भए पनि यस संघलाई नयाँ मोडमा लैजान संशोधित विधानले प्रशस्त मार्ग प्रशस्त गरेको छ । आगामी दिनमा यसले सकारात्मक अनि उपलब्धीमुलक परिणाम अवस्य दिनेछ भन्नेमा म विस्वश्त छु ।

यस विशेष महाधिवेशन आयोजना क्रममा केही तीता अनुभव पनि भए तर ती अपेक्षित थिए । ती सबैलाई मैले सकारात्मक रूपमा लिएको छु । किनकी हामी सबैलाई थाहै छ कि नेतृत्वमा आएपछि गाली र ताली दुबै सहन तयार हुनुपर्छ । मेरो सवालमा त झनै, म आफैं महासचिव हुँदा प्राप्त यो सफलताले थप गर्विलो महसुस गराएको छ ।

गुनासो मेटिएको छ । फेरि परिवर्तनका लागि हाम्रा अग्रजहरुले कयौं पटक अग्निपरिक्षामा उत्रनु परेको विगतका साक्षी पनि त हौं हामी । त्यसले पनि उहाँहरुकै पदचाप पछ्याएका हामीहरु उहाँहरु भन्दा फरक हुने त कुरै भएन ।

अन्त्यमा, प्राप्त यस ऐतिहासिक सफलता र उपलब्धिलाई सँस्थागत गर्दै अघि बढ्न म सबैलाई आह्वान गर्दछु किनकि हामी जुटे मात्रै संस्थागत सफलता सम्भव छ ।

(डा. शर्माको फेसबुकबाट साभार)

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित