नेपाल इन्फास्ट्रक्चर बैंकको सेयरमा अहिलेसम्मकै धेरै आवेदक

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक(निफ्रा) को सेयरमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

मंगलबार साँझ ५ बजेसम्म खुला आवेदन खुला रहेको सेयरका लागि १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।

यो अवधिमा कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरका १८ करोड लाख ८६ हजार ७ सय २० कित्ता सेयरका लागि आवेदन परेको जनाइएको छ ।

इन्फास्ट्रक्चर बैंकको आईपीओका लागि परेको यो आवेदन अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरी हिल्सको आईपीओमा सर्वाधिक १२ लाख ५१ हजार कित्ता आवेदन परेको थियो ।

सबै आवेदकले ५० कित्ता भन्दा बढी आवेदन दिएको अवस्थामा यो आवेदक संख्याले ४० वा ५० कित्ता सम्म मात्रै आईपीओ पर्ने देखाएको छ ।

तर, कतिपय आवेदन अस्वीकृत हुने र कतिपयले कम शेयरका लागि मात्रै आवेदन गर्नाले आवेदकले ५० वा ६० कित्ता पाउनसक्ने अनुमान समेत गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित