कोरोनाका कारण विदेशमा ३१९ नेपालीको मृत्यु

काठमाडौँ । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा संक्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् ।

यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।

यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।

ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ ।

शर्कामा अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर-बायोएनटेक  भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो । कुल परीक्षणमध्ये १०.५ मा संक्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य साबधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ ।

हाल दैनिक भइरहेको कुल परीक्षण गरेकामध्ये कम्तीमा १०. ५ मा सङ्क्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख गरेको छ ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्याङ्क के हो भन्न नसकिने समितिले जनाइएको छ । समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथामसम्बन्धी भर्चुअल कार्यशाला

वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि सङ्घअन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ ।

हालसम्म यसकिसिमका तीन कार्याशाला सम्पन्न भइसकेको छ ।

मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । विशेषतः कार्यक्रममा मध्यपूर्व र मलेसियालगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित