पर्शुराम राई र सृजनाको ‘छातिभित्र मुटु चल्छ मेरो’ म्यूजिक भिडियो सार्वजनिक

लन्डन ।  गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको स्वरमा ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द मिथुन शिवा, संगित सृष्टि हिङमाङको रहेको छ ।  बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा सृजना निङ्लेकु र पर्शुराम राइको अभिनय रहेको छ ।

मोडल सृजनाले बेलायत आउनुअघि नेपालमा करिब तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । माया प्रेममा कुनै जात, धर्म, उमेर र वर्ण बाधक हुँदैन भन्ने गीतको आशय रहेको छ ।

मोडलद्वयको वैवाहिक वर्षगांठको अवसर पारेर सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका संचारकर्मी कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।

भिडियोको सह छायांकन आशिष श्रेष्ठले गरेका हुन् भने मेकअप आर्टिस्टका रुपमा दीपिका श्रेष्ठ, बालकलाकारमा काव्या श्रेष्ठ र अतिथि कलाकारका रुपमा निलम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

गीतको म्यूजिक भिडियो हेर्नुहोस :

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित