बेलायतमा कोरोनाका कारण एकैदिनमा १५६४ को मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै नयाँ  रेकर्ड कायम भएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ५६४ जनाको मृत्यु भएको छ ।

एकैदिनमा यतीका धेरै मृत्यु भएको बेलायतमा कोरोना महामारी भएयताकै सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार एक हजार ३२५ जनाको मृत्यु भएको भएको थियो  । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सनाख्या ८४ हजार ७६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४७ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख एघार हजार ५७६ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बुधबारसम्ममा ३० लाख ६७ हजार ५४१ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २६ लाख ३९ हजार ३०९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख २८ हजार २३२ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

अस्पताल भर्ना हुने  कोरोना संक्रमितको संख्या बढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बिरामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर  पठाउन शुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण ’क्रिटिकल’ अवस्थामा रहेका बिरामीको लागि आवश्यक बेड खाली गराउन अन्य बिरामी होटेल सार्ने वा चाँडै घर पठाउने गरिएको हो ।

बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल   दुई गुणा भन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना  भएका छन् भने यो संख्या दैनिक रुपमा तीव्र दरमा बढ्दै गइरहेको छ ।

हाल बेलायतका अस्पतालमा ३६ हजार भन्दा बढीको उपचार भइरहेको छ ।

हाल बेलायतमा बढेको कोरोना संक्रमणका कारण बेलायतवासी  नेपालीहरु पनि प्रभावित बन्दै आएका छन् । विगत केहि दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या पनि  बढ्न थालेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित