जनसम्पर्क समिति अन्तर्गत अनुसन्धान तथा प्रशिक्षणको संयोजकको भूमिका गौतमलाई

लन्डन । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धी काम तथा संयोजनको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका यूरोप महामन्त्री  समेत रहेका गंगाधर गौतमलाई  तोकिएको छ ।

नेपाली कांग्रेस पार्टीसंग आवद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुमा प्रतिष्ठानको तर्फबाट नीति, अनुसन्धान र प्रशिक्षण सम्बन्धी कामको समन्वय गर्न केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बेल्जियम निवासी गौतमलाई  नियुक्त गरेको हो ।

नेपाली जनसम्पर्क समिति रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गर्ने अधिकार समेत नेपाली कांग्रेसले महामन्त्री गौतमलाई प्रत्यायोजन गरेको छ ।

साथै प्रतिष्ठानका प्रमुख, कार्यकारी निर्देशक र सम्बन्धित निर्देशकहरुको निर्देशन,समन्वय र सम्पर्कमा रही पार्टीको हितमा प्रतिष्ठानको कार्य गर्न गराउन समेत पत्रमा उल्लेख गरिएको छ  ।

आफूले पाएको यस जिम्मेवारीलाई अहिलेसम्मकै महत्वपूर्ण रहेको भन्दै यसको समन्वयकारी भूमिका निर्वाह गर्ने गौतमले बताएका छन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित