एनआरएनए को विशेष अधिवेशनमा नयाँ प्रतिनिधीलाई अवसर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी तेस्रो साता हुने विशेष अधिवेशनमा नयाँ प्रतिनिधीहरुलाई समेत अवसर दिइएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार मंगलवारसम्म सन् २०१९ मा अक्टोवरमा सम्पन्न ९ औं विश्वसम्मेलनमा भाग लिएका प्रतिनिधीहरुको संख्या कम दर्ता हुन आएकोले नयाँ प्रतिनिधीहरुको लागि ढोका खोलिएको हो ।

संघले आफ्ना राष्ट्रिय समितिहरुलाई नयाँ प्रतिनिधी छान्न समेत अवसर दिएको छ । यसअघि गैरआवासीय नेपाली संघका तीन दर्जन भन्दा बढी देशले विशेष अधिवेशनमा प्रतिनिधी पठाउन पाउनु पर्ने भन्दै संघको नेतृत्व समक्ष निवेदन दिएका थिए ।

गैरआवासीय नेपाली संघको विधानले केन्द्रीय प्रतिनिधी छान्ने जिम्मा राष्ट्रिय समितिलाई दिएको छ । यसअघि संघको विधान व्याख्या समितिले पुराना प्रतिनिधी खाली रहेको स्थानमा नयाँ प्रतिनिधी थप्न सकिने निर्णय दिए पछि अब बिभिन्न देशमा रहेका प्रतिनिधीहरुले तोकिएको मापदण्ड अनुरुप नाम दर्ता गर्न सक्ने छन् ।

विशेष अधिवेशन बारे संघद्धारा जारी सूचना विशेष अन्तर्राष्ट्रिय महाधिवेशनको सूचना – ४ सन् २०२१ जनवरी २३ र २४ मा हुने संघको विशेष महाधिवेशनका भाग लिन सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुलाई मिति सन् २०२१ जनबरी ५ सम्म आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको थियो ।

उक्त मिति सम्म प्राप्त प्रतिनिधिहरुको संख्या विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम प्राप्त हुन गएकोले सो संख्याको हद सम्म थप प्रतिनिधिहरु सन् २०२१ जनवरी १० तारिख सम्म पठाउन सम्बन्धित राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिन्छ।

राष्ट्रिय महाधिवेशन सम्बन्धी नियमावली (जनवरी २०२० मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् बैंठकबाट संशोधित)को दफा ७.२ मा उल्लेख भए बमोजिम निम्न प्राथमिकताको आधारमा प्रतिनिधिहरु छनोट गर्नु पर्नेछ ।

क) अन्तर्राष्ट्रिय समन्वय परिषदका बहालबाला संरक्षक, सल्लाहकार, तथा मानार्थ परिषद सदस्यहरु ।

ख) अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, र मानार्थ परिषद सदस्यहरु ।

ग) राष्ट्रिय समन्वय परिषदका बहालबाला पदाधिकारी तथा सदस्यहरु ।

घ) अन्तर्राष्ट्रिय समन्वय परिषदका विभिन्न समिति, उपसमिति तथा कार्यदलका बहालबाला संयोजक र उपसंयोजकहरु ।

ङ) राष्ट्रिय समन्वय परिषद्का निवर्तमान पदाधिकारी तथा सदस्यहरु ।

च) राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी तथा सदस्यहरु । छ) लामो समय सम्म पञ्जिकृत सदस्य भएका ।

राष्ट्रिय समन्वय परिषदहरुले सचिवालयबाट प्राप्त फारम  भरी प्रतिनिधिहरुको विवरण पठाउनु पर्नेछ । ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका र नयाँ प्रतिनिधीहरुको एकमुष्ट नामावली सन् २०२१ जनवरी १४ तारिखमा प्रकाशन गरिने छ ।

प्रतिनिधिको नामावली उपर उजुर गर्नका लागि सन् २०२१ जनवरी १५ सम्म दिईनेछ । डा हेम राज शर्मा महासचिव, गैरआवासीय नेपाली संघ ६ जनवरी २०२१

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित