एनआरएनए विषेश अधिवेशनको तयारी तीव्र

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको तयारीलाई तीव्र  पारिएको छ । जनवरी अन्तिसाता हुने विषेश अधिवेशनमा भाग लिन प्रतिनिधीहरुले धमाधम नाम दर्ता गरेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघका अनुसार आइतवार साँझसम्म विश्वभरका ४८ देशका करिब ११ सय जना प्रतिनिधीले आआफ्नो नाम दर्ता गरेका छन् । नेपाल सरकारको समेत विषेश उपस्थितीमा आयोजना हुने सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघको विधान समितिका सहसंयोजक रामशरण सिमखडाका अनुसार समितिले विधानको मस्यौदालाई अन्तिरुप दिन गैरआवासीय नेपालीहरुसंगको छलफल जारी राखेको छ ।

विधान समितिले शनिवार र आइतवार मात्र करिब २ सय जना गैरआवासीय नेपालीहरुको सुझाव संकलन गरेको थियो । सन २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधीहरुलाई नाम दर्ता गर्न आगामी सोमवार सम्मको म्याद तोकिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका दुई दर्जन भन्दा बढी राष्ट्रिय समितिले विषेश महाधिवेशनमा आफुहरुले विषेश महाधिवेशनको लागि प्रतिनिधी छान्न पाउनु पर्ने भन्दै संघको नेतृत्व समक्ष निवेदन दर्ता गरेका छन् । संघले नयाँ प्रतिनिधीहरुको नाम दर्ता बुधवार देखी शुरु गर्ने बताएको छ । संघको विषेश अधिवेसन नेपाल सरकार परराष्ट्रमन्त्रालयको अनुमतिले जनवरी २३ र २४ तारिख भर्चुअल माध्यबाट हुदैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित