एनआरएनए विषेश महाधिवेशनको दर्ता शुरु, तीन सय भन्दा बढी दर्ता

लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिना हुने विषेश महाधिवेशनको लागि नाम दर्ता शुरु भएको छ ।

पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा सम्पन्न ९ औं महाधिवेशनमा सहभागी प्रतिनिधीहरुको लागि नाम दर्ता शुरु गरिएको संघले जनाएको छ । पहिलो चरणमा प्रतिनिधी चयन गर्न इच्छुकको लागि १ जनवरी सम्मको समयसीमा तोकिएको छ ।

संघका अनुसार मंगलवार दिउँसोसम्म सूचना जारी गरेको पहिलो दिनमै  तीन सय भन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

अष्टेलिया, बहराईन, बेल्जिमय, क्यानाडा, चाइना, चेक रिपब्लिकन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंङ्गकंङ्ग, जर्मनी, इजरायल, जापान, केन्या, कोरिया, नेदरल्याण्ड, न्यूनील्याण्ड, नर्वे, प्रोतुगल, कतार, रसिया, साउदीअबर, स्पेन, युके, युएसए, यूएई लगायतका  २७ देशका ३१२ जना प्रतिनिधिहरुले नाम दर्ता गराइसकेका छन् ।

१ तारिखसम्म पुराना प्रतिनिधीहरुको लागि अवसर दिईएको छ त्यस पछि नयाँ प्रतिनिधीहरुको नाम एनसीसीहरुले पठाउन सक्ने बताएको छ । संघको विषेश महाधिवेशन २३ र २४ जनवरीका लागि तय गरिएको छ । महाधिवेशनमा आर्थिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने अजेण्डा तय गरिएको छ । फारम भर्न याहाँ क्लिक गर्नुहोला  ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित