लन्डन । गैर-आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद ईङ्ग्ल्याण्ड को आयोजना तथा एनसीसी यूके, हेल्प नेपाल नेटवर्क, वूल्विच राइडर क्लब तथा ग्रिनवीच यूथ एशोसियसन यूकेको सहयोगमा आउँदो २७ डिसेम्बरमा गर्न लागिएको ‘साइकल राइड फर च्यारिटी’ कार्यक्रम कोरोनाका कारण पुन: स्थगित भएको छ ।
कोरोनका संक्रमणका कारण लन्डनमा टीयर ४ अन्तरगतको कडा प्रतिबन्ध लागू गरिएपछि आयोजकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । परिस्थिति सहज बनेपछि मात्र निकट भविष्यमा ‘साइकल राइड’ को कार्यक्रमको आयोजना गरिने आयोजकले बाताएका छन् ।
हेल्प नेपाल नेटवर्क द्वारा निर्मित बालगृहका टुहुरा- टुहुरी विद्यार्थीहरुको सहयोगार्थ उक्संत ‘साइकल राइड फर च्यारिटी’ कार्कयक्लिरमको आयोजना गर्तन लागिएको हो । उक्त बालगृहका लागि रकम चाडै पठाउने पनि आयोजक टीमले बताएको छ ।
आयोजक टीमले सहयोगी दाताहरुलाई धन्यबाद दिंदै सहयोगको वाचा गरेर रकम भुक्तानी गर्न बाँकी रहेकालाई पनि निम्न बैंक खाताम रकम जामा गर्न आग्रह गरेको छ ।
बैंक खाताको विवरण :
Buddha Foundation
Barclays Bank
20-57-76
A/c: 93183165