अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन २०१९ को स्मारिका बिमोचन

काठमाडौं । गैरआवासीय नेपाली संघले  २०१९ सेप्टेम्बरमा अमेरिकाको बोस्टनमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनको स्मारिकाको आज सङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले आयोजना गरेको बिशेष अनलाइन कार्यक्रममा बिमोचन गरिएको छ  ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले स्मारिकाको बिमोचन गर्दै  आफू समेत प्रमुख अतिथिका रुपमा सहभागी उक्त सम्मेलन नेपाली भाषा साहित्यका लागि कोशे ढुङ्गा बनेको बताए  । अहिले नेपाली साहित्य बिश्वब्यापी बनेको र यसको बिस्तारमा गैरआवासीय नेपाली सङ्घले खेलेको भूमिकाको उत्कृष्ट रहेको उप्रेतीले बताए  ।

समारोहमा सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घले प्रवासमा नेपाली भाषा , साहित्य र संस्कृति प्रबर्द्धनलाई महत्त्वपूर्ण रुपमा लिएको र प्रज्ञाको सहयोगमा अझै थप कार्यहरु गर्दै जाने बताए  । प्रज्ञाका सदस्य सचिब डा . जगत प्रसाद उपाध्यायले स्मारिकाको समिक्षा गरेका थिए ।  उक्त कार्यक्रममा सङ्घका पुर्व अध्यक्ष एबम नियात्राकार जिवा लामिछानेले सङ्घको साहित्यिक गतिविधिको बारेमा चर्चा गरेका थिए  ।

समितिका निबर्तमान संयोजक गोबिन्द प्रसाद गौतमले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने   कार्यक्रमको संचालन स्मारिकाका प्रधान सम्पादक सुरेन उप्रेतीले गरेका थिए  ।

कार्यक्रममा रसियाका वरिष्ठ नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठ समेतको सम्पादनमा प्रकाशित ” दुई राजधानी : मस्को र काठमाडौं ” विषयक नेपाल र रसियाका साहित्यकारहरुको संयुक्त साहित्यिक सङ्ग्रहको पनि कुलपति उप्रेतीले बिमोचन गर्नु गरेका थिए  ।

कार्यक्रम सङ्घका भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितीका अध्यक्ष हिक्मत थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित