युवाहरुलाई शिप र ज्ञान बोकेर मातृभूमि फर्कन मन्त्रि विश्वकर्माको आग्रह

लन्डन ।गैर आवसीय नेपाली संघ यूकेको नेतृत्वमा नेपाल पत्रकार महासंघ युरोप र एनआरएनए एनसीसी आयरल्याण्ड, डेनमार्क, अष्ट्रीया र स्पेनले सामाजिक जागरण तथा मानवीय सहयोग क्रियाकलापमा हातेमालो गर्दै शनिबार संयुक्त्त रूपमा भर्चुअल  कार्यक्रमको आयोजना गरेको छ ।

‘गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान’ भन्ने नारा सहितको उक्त कार्यक्रमका प्रमुख अतिथिमा  युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको उपस्थिति  थियो भने  गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त  र युवा संयोजक हिमाल गुरुङको पनि सहभागिता थियो  ।

प्रमुख अतिथि मन्त्री विश्वकर्माले नयाँ  नेपाल निर्माणमा  युवाहरुको सहभागितामा अपरिहार्य रहेको भन्दै युवाहरुले आफ्नो शिप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह  गरे ।  साथै नेपाल सरकारले युवाहरुका लागि अवसरका श्रृजनाहरु गरेको बताएका थिए ।

कार्यक्रमको प्यानलिष्टमा नेपालका चर्चित सामाजिक अभियान्ता रमेश प्रसाईं, ब्लाईण्ड रक्सकी संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमले आफ्ना विचार तथा क्रियाकलापको बारेमा उल्लेख गरेका थिए । प्राबिधिक समस्याले गर्दा प्रसाईका धारणा समावेस हुन सकेनन् ।

महिला भएकै कारण र त्यसमा पनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृस्टीकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिइनुपर्ने भन्दै अनुजा गौतमले  दृष्टिबिहीन  भएकै कारण विभिन्न स्थानमा भोगेको तितो अनुभब बताएकी थिइन । एनआरएनको युरोपियन भेलाबाट पाएको माया ,सहयोग र समर्थनको प्रसंशा गर्दै उनले  सबैको सानो त्याग र सहयोगले नेत्रहिन समुदायमा ठुलो प्रेरणा मिल्ने बताईन ।

चुनौती, अवसर र परिवर्तनले  युवालाइ अघि बढ्न  सहयोग पुग्ने बताउंदै युवाहरुलाई मन मुटुदेखि नै सपना देख्न  ब्लाइन्ड रककी  सृस्टि केसीले  आग्रह गरिन । समुन्द्रमा  एक थोपा पानी बिलाएर जाने तर पातमा राख्दा तेसैले चमक दिने भएकाले सकारात्मक सोच राख्नुपर्ने शृष्टिले बताइन ।

कार्यक्रम पूर्णरुपमा कलरफुल स्याडोजको प्रोजेक्टको लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्य  रहेको बताइएको छ । कबोल गरिएको रकम डिसेम्बर २५ तारिख भित्र एनआरएन एनसीसी डेनमार्कको खातामा जम्मा गरिने बताईएको छ । कार्यक्रममा ५ वटै एनसीसीका पदाधिकारीहरु र अन्य धेरै सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

एनआएएन  यूके अध्यक्ष पुनम गुरुङको  अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा  एनसीसी आयरल्यान्डका  अध्यक्ष मिलन छन्त्यालले स्वागत मन्तव्य प्रस्तुत  गरेका थिए । कार्यक्रमको संचालन अष्ट्रीयाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए । युरोप-अमेरीका, मध्यपूर्ब – एसियाप्यासेफिक क्षेत्रका विभिन्न देशका एनसीसी अध्यक्ष लगायत अग्रज एनआरएनकर्मी तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

एनसीसीहरुको पहलमा हुने यस्ता क्रियाकलापले भावी दिनमा  अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्नुका साथै  युवाहरुले पनि साझा मुद्दाहरुमा कसरी एकजुट हुन सकिन्छ भन्ने  प्रयोगको रुपमा यस कार्यक्रमलाई लिईएको एनआरएनए  आईसीसी सदस्य रामशरण सिमखडाले बताए । युवाहरुद्वारा आयोजित यस्ता कार्यक्रमले सामाजिक अभियानमा ठूलो भूमिका रहने सहभागीहरुको धारण छ ।

एनआरएन आइसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका राजदूत युवनाथ लम्साल, एनआरएन आइसीसी युवा संयोजक हिजमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित