लण्डन । गैरआवासीय नेपाली संघले नयाँ एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) लागु गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विहिवार विश्वभर छरिएका राष्ट्रिय समितिलाई एमआईएस मार्फत सदस्यता वितरण गर्न निर्देशन दिइएको छ ।
संघको नयाँ निर्देशन अनुसार अब राष्ट्रिय समितिले केन्द्रीय प्रणाली अनुसार पन्जिकृत सदस्यता वितरण गर्न बाटो खुलेको छ । राष्ट्रिय समितिले आआफ्नो देश अनुकुल सदस्यता वितरणलाई सहजिकरण गर्न एनआरएनएको सचिवालयमा सम्पर्क राख्न सक्ने छन् ।
नयाँ एमआईएसमा दर्ता नहुने राष्ट्रिय समितिको अबद्धता भने नियमावली अनुरुप खारेज हुक्ने बताएको छ । एमआईएस मार्फत सदस्यता लिन चाहनेहरुको लागि छिटै आईओएस र एन्ड्रोइड फोनमा एप उपलब्ध हुने संघका सचिव तथा स्मार्ट एनआरएनएका संयोजक गौरीराज जोशीले जानकारी दिए ।
नयाँ सिस्टममा पेपल मार्फत सदस्यता शुल्क तिर्न सकिने बताएको छ । एमआईएस अन्तरर्गत अनलाइन भोटिङ्ग, प्रतिनिधी दर्ता, परिचयपत्र, उनीहरुले पाउने सुविधा लगायतका सेवाहरु रहेका छन् । संघले सदस्यहरुको व्यक्तिगत विवरणलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप छुट्टै क्लाउडमा राख्ने व्यवस्था गरेको छ ।
नयाँ सिस्टममा सदस्यहरुले आफ्नो छुट्टै एकाउण्ट खोलेर व्यक्तिगत विवरण अपडेट गर्न सक्ने सुविधा रहेको छ । पुर्नरसंरचनाको लागि विधान संशोधन, आर्थिक प्रतिवेदन लगायतका विषयमा छलफल गर्न संघको भर्रचुअल विषेश महाधिवेसन जनवरी अन्तिम साता बस्दैछ