प्रेम सेन्चुरी र सपना श्री को ‘जीवन यहाँ यस्तै छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक

लन्डन । गायक प्रेम सेन्चुरी र गायिका सपना श्री को स्वरमा सजिएको ‘जीवन यहाँ यस्तै छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ  । प्रवासमा बस्दाको पीडा र गाउँघरको सम्झनालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ  ।

गीतको शब्द संगीत गायक प्रेम सेंचुरिकै रहेको छ । भिडियोमा स्थानीय कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई (कान्छा) ले अभिनय गरेका छन भने स्वयंम गायक प्रेम सेन्चुरी समेतकै अभिनय पनि देख्न सकिन्छ ।

भिडियोको छायांकन संयुक्त राज्य अमेरिका तथा उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो । मुना सिंह थापा मगरको सपादन, सुनिल घर्ति मगरको छायांकन रहेको यस म्यूजिक भिडियोमा प्रेमजंग किराँतीको निर्देशन रहेको छ ।

उदयपुर मिडिया हबको  पहिलो प्रस्तुतिमा तयार भएको उक्त गीतको म्यूजिक भिडियो नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यमा गीतको लोकार्पण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष तेजराज तिमल्सिना, ज्योति मा.बि.का प्र.अ. राजकुमार ओझा, उधोग बाणिज्य संघका अध्यक्ष पवन कार्की, स्थानीय नेताहरु कान्ता राई, पर्वत दाहाल, शम्भु ल्वागुन, स्थानिय गायक शशिचन्द्र राई, संदिप मोते, शुरेश चौधरी, मिथुन ठाकुर लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

गीतको म्यूजिक  भिडियो हेर्नुहोस,

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित