गायिका निर्मला थापासहितको स्वरमा आयो झ्याउरे गीत ‘जीन्दगीको के छ र भर’

लन्डन । ‘जीन्दगीको के छ र भर, हाँसौं बोलौं मरी लैजानु के छ र‘ गुल्मेली कलाकारहरुको समूहद्व्रारा  गाइएको एक मौलिक झ्याउरे गीत ‘जीन्दगीको के छ र भर’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

गायिका निर्मला थापा मगरको समेत स्वर रहेको उक्त  गीतको म्यूजिक भिडियो निर्मलाथापा मगरको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायिका निर्मलाको  साथमा सन्तु थापा, प्रसाद खाप्तरी मगर, सुरेस राना मगर, सन्जु थापा मगर, तिलक बस्नेत, पवित्रा सारतुङ्गे मगर, निरु श्रीष मगर लगायतका कलाकारहरुको आवाज रहेको छ । सुरेश राना मगरको शब्द संगीत रहेको यस गीतको डोलराज बारघरे मगरको एरेन्ज रहेको छ ।

म्यूजिक भिडियोको निर्देशन मधुर बस्नेतले गरेका छन् भने मेक बहादुर थापाको सम्पादन रहेको छ ।

म्यूजिक भिडियो हेर्नुहोस  

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित