अस्ट्रेलिया । फोटो खिच्नको लागि पोज दिने क्रममा अस्ट्रेलियामा एक ३८ वर्षीय महिला पर्यटकको मृत्यु भएको छ ।
अस्ट्रेलियाको भिक्टोरियास्थित ग्राम्पियन्स राष्ट्रिय निकुञ्ज बोरोको रमणीय स्थलमा फोटो खिचंको लागि पोज दिने क्रममा सेफ्टी बेरियरबाट चिप्लिएर २६० फिट गहिराइमा खसेकी थिइन् ।
स्रोतका अनुसार मेलबर्न निवासी ति महिला आफ्ना परिवारसंग घुम्न आएकी थिइन् । फोटो खिच्ने क्रममा उनको मृत्यु भएको ‘द हेराल्ड सन’ उल्लेख गरेको छ ।
प्रहरीद्वारा घटनाको अनुसन्धान भैरहेपनि उनको मृत्युलाई शंकाको दृष्टिले नरहेरिएको बताइएको छ ।