शान्ती समाज टिकापुरद्वारा चार सय पुस्तक हस्तान्तरण

टिकापुर , कैलाली । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीद्वारा सहयोग गर्नु भएको विभिन्न बिधाका चार सय थान पुस्तकहरु आज टिकापुर सामुदायिक पुस्तकालयलाई एक बिशेष समारोह बिच हस्तान्तरण गरियो।

पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काको सभापतित्वमा भएको सो पुस्तक हस्तान्तरण कार्यक्रमको प्रमुख अथिति सुदुर पश्चिम बिश्वबिधालयका प्रा. डा. जगतबहादुर सिह रावल रहनु भएको थियो।

कार्यक्रममा नेपाली काँङ्रेस क्षेत्र नम्बर १कैलालीका सभापति भुवनेश्वर आधिकारि, नेकपा टीकापुर नगर कमिटी सचिवालय सदस्य रंङ्ग अधिकारी , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचीव टेकबहादुर सार्की ,शिक्षाविद नरराज गिरी,पुस्तकालयका सल्लाहाकार भक्तिराम कोईरालाले मन्त्तव्य राख्नु भएको थियो।

समारोहमा समाजका केन्द्रीय सचीव टेकबहादुर सार्कीले समाजको तर्फबाट पुस्तकालयलाई पुस्तकहरू हस्तान्तरण गर्नु भएको थियो । वक्ताहरुले पुस्तक उपलब्ध गराउन संयोजन गर्ने टिकापुरका समाजसेवी हिक्मत थापा तथा पुस्तक सहयोग प्रदान गर्ने संस्था मानव अधिकार तथा शान्ति समाज र समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीको प्रंशशा गरेका थिए।

पुस्तकालयका उपाध्यक्ष ताराप्रासद जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य देबेन्द्र शाहले गरेका थिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित