वैदेशिक रोजगार गुमाएकालाई स्वदेशमै स्थापित गर्नुपर्छ, डा. बद्री केसी

लन्डन । कोरोना भाइरस महामारीले गर्दा विदेशमा रोजगारी गुमाएका, अलपत्र परेका र विभिन्न समस्या भई स्वदेश फर्केका श्रमिकलाई स्वदेशमै स्थापित गर्नुपर्ने एनआरनका उपाध्यक्ष डा. बद्री केसीले बताएका छन् । हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैरआवासीय नेपाली संघको भूमिका’ शीर्षकको भर्चुअल कार्यक्रममा बोल्दै केसीले उक्त कुरा बताएका हुन् ।

एनआरएनएले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च भएको जानकारी दिदै उपाध्यक्ष केसीले अहिले कोरोनाले गर्दा अवस्था सामान्य भएता पनि विगतको दिनमा अलपत्र परेर स्वदेश फर्किएका श्रमिक पुनः विदेश आउन नचाहेको अवस्था रहेको बताए ।

यसले गर्दा स्वदेशमै श्रम गर्न इच्छुक श्रमिकलाई स्वदेशै व्यवस्थापन गरी रोजगारी सिर्जना गर्र्नको लागि श्रम मन्त्रालय, कृषि मन्त्रालय, पराराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालयलगायत विभिन्न संघसंस्थासँग एनआरएनएले छलफल गरिरहेको र विभिन्न निकायलाई सामेल गराई छिट्टै रोजगार सम्मेलन गर्ने तयारी गरिरहेको उपाध्यक्ष केसीले बताए ।

यस्तै, नेपालमा विभिन्न राष्ट्रिय गौरबको आयोजना रहेता पनि उक्त आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले उक्त आयोजनामा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उपाध्यक्ष केसीले जोड दिए । ‘करिब २८ लाख नेपाली श्रमिकले विदेशबाट वार्षिक ८ खर्ब रेमिट्यान्स स्वदेश भित्र्याउँदा नेपालका विभिन्न ठूला तथा राष्ट्रिय गौरवका आयोजनामा अधिकांश विदेशी श्रमिकले खाडी मुलुकमा नेपालीले गरेको जस्तै मजदुरी गरेर ४ खर्बभन्दा बढी रकम देशबाहिर लाने गरेका छन्,’ उनले भने, ‘यस्ता आयोजनामा विदेशी श्रमिकको ठाउँमा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नेगरी काम अघि बढाइनुपर्दछ ।

’ साथै, विदेशबाट आएको श्रमिकले जुन सीप विदेशमा सिकेर आएको छ त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएकाले सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उपाध्यक्ष केसीले बताए । एनआरएनएले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

‘विदेशमा कतिपय नेपालीले वर्षौ व्यवसायीक कृषिमा संलग्न भई काम गरेर फर्केका छन्, उक्त सीपलाई नेपालमै प्रयोग गर्न सक्ने हो भने पनि नेपालको कृषि क्षेत्र धेरै माथि पुग्ने थियो’ उनले भने, ‘अहिलेसम्म पनि नेपाल परम्परागत कृषिमै निर्भर छ, त्यसैले यस्ता सीपयुक्त जनशक्तिको उपयोग गरी थोरै जमिनमै किन नहोस व्यवसायीक कृषिमा जोड नदिदासम्म कृषि क्षेत्रको विकास सम्भव नै छैन ।

’ यस्तै कार्यक्रममा एनआरएनए आइसीसी सदस्य यस्मिन बेगम सैयदले विगतको दिनमा वैदेशिक रोजगारमा कति महिला र कति पुरूष छन् भन्ने यकिन तथ्याङ्क नभएको अवस्थामा कोरोनाले गर्दा विदेशमा रहेका श्रमिकको यकिन तथ्याङ्क संकलन गर्न सफल भएको बताइन् ।

उनले कोरोनाको समयमा एनआरएनएले विदेशमा समस्यामा परेका श्रमिकलाई धेरैभन्दा धेरै सहयोग गरी नेपाल फर्काउन सफल भएको र अलपत्र परेका महिलालाई आवासको व्यवस्था गरेको बताइन् । ‘रोजगारी गुमाएका, खान नपाएका र घर जानलाई खर्च नभएका नेपाली श्रमिकलाई खर्चको व्यवस्था गरी घरसम्म पु-याउने काममा एनआरएनएले कुनै कसर बाकी राखेन ।

’ हाल कोरोनाले गर्दा मध्यपूर्वमा सबै श्रमिकको अवस्था ठीक भएको जनाउँदै आइसीसी सदस्य बेगमले एनआरएनएले चलाइरहेको सहयोग अभियान अझै जारी रहेको हुदा कोरोनाका कारण समस्यामा परेका तथा घर फर्कन नसकेका श्रमिकहरु भए सम्पर्कमा आउन आग्रह गरिन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित