पोर्चुगल । बेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनम्पर्क समितिका सभापति युवराज गुरुङ्गले गैरआवासीय नेपाली संघको विषेश अधिवेसनमा सबै जना एक जुट हुन आव्हान गरेका छन् ।
गुरुङ्गले शनिवार साँझ आफ्नो फेसबुक टाइमलाइन मार्फत संघका निःशुल्क सदस्यता, निःशुल्क प्रतिनिधी दर्ता र अनलाइन मतदान, व्यवस्थित प्रतिनिधी छनोट जस्ता प्रस्तावलाई अग्रामी भन्दै प्रस्तावमा पूर्ण समर्थन रहेको जनाएका छन् ।
उनले ती प्रस्तावहरु पास गर्न एक मात्र विकल्प विषेश अधिवेसन भएको उल्लेख गरेका छन् । उनले एनआरएनएलाई धनाढ्यहरुको कल्वबाट बाहिर निकाल्न सहयोग गर्न आव्हान गरेका छन् ।
गुरुङ्गले अजेण्डा कस्ले ल्याएको भन्ने कुरा महत्वपूर्ण होइन् अजेण्डा कस्तो छ भन्ने महत्व हुने बताए । गैरआवासीय नेपाली संघको विषेश महाधिवेसन जनवरीको तेस्रो साता हुँदैछ ।
त्यसको लागि संघले नेपाल सरकारको स्वीकृत लिइसकेको छ । संघले अघि सारे पुनर्रसंरचनाका मुद्धामा अहिले विधान समिति माफर्त व्यापक छलफल चलिरहेको विधान समितिका उपसंयोजक गंगाधार गौतमले जानकारी दिएका छन् ।