बेलायतमा भ्याक्सिन प्रतिक्षारत मृतकको संख्या बढ्दै

लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसँगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो ।

आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत भित्रिसकेको छ । तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ ।

शुक्रबार  सार्वजनिक भएको तथ्याँकअनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ रहेको थियो ।  मृतकको आधारमा बेलायत विश्वभरिमै  पाँचौं स्थानमा रहेको छ भने युरोपमको अग्रस्थानमा पर्दछ । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा १६ हजार नाघेको छ ।  शुक्रबार साँझसम्ममा थप १६२९८ जना नयाँ संक्रमित थपिएका छन् ।  यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार ४३२ पुगेको सरकारी तथ्याँकले देखाएको छ ।

अहिले बेलायतको हस्पिटलहरुमा १४ हजार भन्दा बढीकोरोना संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ३६४ जना नयाँ संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार २६१ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित