बीबीसी सिरिज ‘ब्ल्याक नार्सिसस’मा ‘कान्छी’को भूमिकामा दीपिका

लन्डन । बेलायती लेखिका मार्गरेट रमर गोडेनले सन् १९३९ मा लेखेको ‘ब्ल्याक नार्सिसस’  नामक  उपन्यासमा आधारित  रिमेक भर्सन ‘ब्ल्याक नार्सिसस’  टिभी सिरिजमा  नेपाली चेली दीपिका कुँवरले ‘कान्छीको भूमिका निर्वाह गरेकी छन् ।

गत वर्ष अक्टोबरदेखि करिब ४ महिनासम्म नेपालको जोमसोममा छायांकन गरिएको थियो भने  बाँकी छायांकन लन्डनस्थित पाइनवुड स्टुडियोमा गरिएको थियो । पाइनवुड स्टुडियोमा  हलिवुड देखि बलिवुडसम्मका ठूला ठूला र चर्चित  फिल्महरु छायांकन  गर्ने गरिन्छ ।  जेम्स बन्ड को ‘००७’ स्टेज पनि सोहि स्टुडियोमा रहेको छ ।

बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रुपमा निर्माण गरेको उक्त सिरिज अमेरिका एफएक्समा गत  २३ नोभेम्बर र हुलुमा  २४ नोभेम्बरमा  तीनवटै सिरिज प्रिमियर  भैसकेको छ  । गाउकी एक स्थानीय युवती ‘कान्छी’ को भूमिका निर्वाह गरेकी दीपिकाले  राम्रो प्रतिक्रिया पाएको बताउछिन । बीबीसी वान टेलिभिजनमा भने क्रिसमसको समय पारेर डिसेम्बर २५ देखि २९ भित्र उनको सिरिज प्रसारण गर्ने भएको छ  । प्रत्येक सिरिजको अवधि करिब एक घण्टा लामो हुनेछ  ।

बाफ्टा अवार्ड विजेता अमाण्डा कोले लेखेको यस तीन सिरिजमा दिपिकासहित गेम्मा आर्टरर्टन, एलेसान्ड्रो निभोला, आयलिन फ्रेन्सीओसी, रोजी काभालियरो, प्याटसी फेरान, डायना रिग, जिम ब्रोडबेन्ट, जिना मकी, क्यारेन ब्राइसन जस्ता कलाकारको मुख्य भूमिका छ । डेनिस सिनेम्याटोग्राफर सार्लो ब्रुस क्रिसटेन्सनले सिरिज निर्देशन गरेकी हुन् ।

सोहि उपन्यासमा  सन् १९४७ मा  ‘ब्ल्याक नार्सिसस’ नामक फिल्म निर्माण गरिएको थियो । यौन दमन र प्रेम निषेध विषयवस्तुसंग सम्बन्धित उक्त उपन्यास निकै लोकप्रिय र अत्यधिक विक्री भएको कृति अन्तर्गत पर्दछ । सन् १९३० को दशकको समाजमा आधारित ‘ब्ल्याक नार्सिसस’ उपन्यासमा ब्रिटेनको एक कन्भेन्टमा बसोबास गर्ने महिला

भिक्षु (नन) हरु नेपाल गएको र त्यहां एउटा दुर्गम ठाउंमा अवस्थित मोपू दरबारमा आफ्नो सम्प्रदाय खडा गर्न खोजेको  दृश्यलाई प्रस्तुत गरिएको छ। लन्डन क्वीन म्यारी युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङमा ग्रयाजुएट गरेकी उनी निकै मिहिनेत, परिश्रम र अडिसनपछि ब्ल्याक नार्सिसस’ सिरिजमा चयन भएकी  हुन् ।

हाल  लन्डनको  फिन्चले सेन्ट्रल बस्दै आएकी दीपिका १७ वर्षको उमेरमा बाबाआमासँग बेलायत आएकी हुन् । ड्रामाप्रति रुची राख्ने दीपिका अमेरिकन सिरियल र चलचित्रप्रति बढी आकर्षित थिइन् । बेलायत आएपछि आफ्नो रुचिको क्षेत्रलाई थप चासोका साथ् उनले अगाडी बढाइन् ।

फिल्म, वृत्तचित्र निर्माण गर्ने विभिन्न सम्पर्क  गर्ने क्रममा सन् २०१६ मा एक एजेन्सीसँग सम्झौता  गरिन्, जसबाट उनको यात्रा गन्तव्यतर्फ अगाडी बढ्यो । आफ्नो पहिलो  डेब्यू प्रोजेक्टमै  महत्वपूर्ण भूमिका पाएको र आफ्नो भूमिकाबाट सकारात्मक प्रतिक्रिया पाएकोमा गर्वका साथै हौसला मिलेको दीपिका बताउछिन् ।

हलिउड कलाकारहरुको साथमा छायांकन गर्दाको  क्षण एकदम अविष्मरणीय रहेको बताउंदै  निर्देशक, लेखक, कलाकारहरु सबै सहयोगी भएकाले काम गर्न सहज भएको उनको अनुभव छ । सानैदेखि आफ्नो सोखको विषय भएकोले सम्भव भएसम्म यसलाई निरन्तरता दिने दीपिकाले बताइन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित