पोर्चुगलका ट्राभल्स व्यवसायी कुँवरद्वारा आरोपको खण्डन

 

पोर्चुगल । पोर्चुगलमा रहेर  लक्ष्मी ट्राभल्स कम्पनी सन्चालन गरिरहेका विक्रम जङ्ग कुँवरले आफू र आफ्नो  कम्पनीको बारेमा पोर्चुगलबाट सन्चालित अनलाइन पत्रिकामा  प्रकाशित  समचारको खण्डन र भत्सर्ना गरेका छन् । आफ्नो व्यवसाय र सामाजिक छविलाई गिराउन व्यक्तिगत पुर्वाग्रह राखी निजले निहित स्वार्थ पूरा गर्न छापिएको भ्रामक र नक्कली समाचारमा विश्वास नगर्न एक विज्ञप्ति प्रकाशित गरी कुँवरले आग्रह गरेका छन् ।

यस्ता झुट्टा, नक्कली र भ्रामक समचार प्रकाशित गर्ने भ्वाइस अफ नेपाल टिभी र नक्कली सामाजिक सन्जाल संचालन गर्ने निजका संचालक विरुद्ध पोर्चुगलको सम्बन्धित निकायमा कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको पनि कुँवरले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

पोर्चुगलमा रहेका एक नेपालीले नेपालमा रहेका आफन्तलाई  गैर आवासीय नेपाली संघ पुर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर मार्फत  पठाएको  दुई लाख रुपैयाँ  महिनौसम्म पनि भुक्तानी नगरेपछि कोरोना बिरामीको उपचारको लागि पठाएको रकम हिनामिना गरेको आरोप कुँवरमाथि  लगाइएको थियो ।  सोहि आरोपको खण्डन गर्दै कुँवरले एक विज्ञप्ति प्रस्तुत गरेका छन्  ।

बिक्रम जंग कुँवरद्वारा जारी विज्ञप्ति जस्ताको  तस्तै :

मेरोव्यवसायलाई नोक्सानी पुर्याउने र मेरो चरित्र हत्या गर्ने हेतुले प्रकाशित झुट्टा समाचारको खण्डन र भत्सर्ना आदरणीय पोर्चुगल र विदेशमा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनी नमस्कार ! म लामो समयदेखि पोर्चुगलमा रहेर आफ्नो व्यवसायका साथसाथै सामाजिक क्षेत्रका कामहरु पनि सक्रिय रूपमा गर्दै आएको छु ।

मेरो ट्राभल्स, टिकेटिङ्ग र मनी ट्रान्ससफरको कम्पनी र व्यवसायलाई पोर्चुगल सरकारको नीति, नियम र कानुनको अधिनमा रहेर संचालन गरिरहेकोले मेरो लक्ष्मी ट्राभल्स कम्पनी अहिले पोर्चुगलमा नेपाली र अन्य आप्रवासी समुदायमा एउटा भरपर्दो, विश्वासनीय सेवा दिने कम्पनीमा परिचित छ ।

त्यही विश्वासिलो कामको आधारमा पोर्चुगलको सरकारी निकायबाट हाम्रो कम्पनी सम्मानित र पुरष्कृत पनि हुँदै आएका छ । हामीले दिएको व्यवसायिक सेवा र हाम्रा ग्राहकहरुले गर्नु भएको विश्वास र मायाले नै पोर्चुगलको राजधानी लिस्बन र बाहिर पनि कम्पनीको शाखा विस्तार गरि व्यवसाय सन्चालन सफल भएका छौं ।

मैले व्यवसाय शुरु गरे देखि नै मेरो चरित्र हत्या गर्ने र व्यवसायलाई नोक्सान पुर्याउने अत्यन्त दुषित, गलत र पुर्वाग्रही मानसिकताले पोर्चुगलबाट सन्चालित “भ्वाइस अफ नेपाल टिभी” भन्ने अनलाइन पत्रीका र त्यसका संचालकले मेरो चरित्र हत्या गर्ने र कम्पनीको शाख गिराउने दुराग्रहले बारम्बार कपोकल्पित, झुट्टा र नक्कली आरोप लगाउदै समचार प्रकाशित गर्दै आएका छन् ।

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा दुई दुई पटक चुनाव लड्दा नेपाली समुदायले तिरस्कार र अस्वीकार गरेर दिएको पराजयको पीडा, कुण्ठा र चिडचिडाहट पोख्न उनले यहाँको नेपाली समुदायका सामाजिक अगुवा र धेरै व्यवसायिक व्यक्तिहरुलाई लान्छाना लगाउदै बारम्बार जथाभावी झुट्टा, कपोकल्पित र चरित्र हत्या गर्ने कुरा लेखेर नेपालीहरुलाइ सताउने गरेको कुराबाट पोर्चुगलको सिङ्गो नेपाली समुदाय भुक्तभोगी र पीडित हुँदै आएका छौं ।

मेरो नीजि व्यबसायलाइ एनआरएनएको पदाधिकारी रहेर मैले गरिरहेको सामाजिक सेवालाई जोडी एनआरएनएसंग सरोकार नै नभएको कुरा र सन्दर्भ अनावश्यक रूपमा प्रचार गरेको कुरा अत्यन्त खेदजनक र निन्दनीय छ ।

हिजो मात्रै पनि मेरो फोटोसहित “एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् !” शिर्षकमा निजले आफ्नो अनलाइन पत्रीका “भ्वाइस अफ नेपाल टिभी”मा फेरि अर्को एउटा नक्कली, भ्रामक र हुँदै नभेको झुट्टा समाचार प्रकाशित गरी उनीद्वारा बनाइएका अनेकौं नक्कली फेसबुक आइडी र ग्रुपमा सेयर गर्ने काम गरेको प्रति म घोर भत्सर्ना गर्दै त्यो समाचारको खण्डन गर्दछु ।

यस्तो खालको मेरो चरित्र हत्या गर्ने र कम्पनीको शाख गिराउने झुट्टा र कपोकल्पित समचार र उनीद्वारा संचालित सामाजिक सन्जालका नक्कली आइडी र ग्रुप विरुद्ध मैले साइबर क्राइम अनुसार कानुनी कार्वाहीको प्रक्रिया पनि अगाडि बढाएको छु । निजलाई गरेको कानुनी कार्वाहीबाट प्राप्त नतिजा पनि तपाईंहरु समक्ष म भविष्यमा सार्वजनिक गर्नेछु ।

निजले आफै पनि गुप्त रूपमा ट्राभल्स व्यवसाय चलाइ प्रतिष्पर्धी कम्पनीको शाख गिराउने र अबैध रूपमा कोठा भाडा लगाउने कामको मध्यस्थता गरि कमिसन खाने काम गर्दै आएको समाजमा सुनिदै, बुझिदै आएको छ । पोर्चुगलको नेपाली समाजबाट बहिष्कृत र एक्लो भएका निजले संचालन गरेको पत्रीका “भ्वाइस अफ नेपाल टिभी”मा प्रकाशित कुनैपनि झुट्टा र नक्कली समाचारको भर नपर्न र विश्वास नगर्न पोर्चुगलका नेपाली दिदीबहिनी दाजुभाइहरु र हाम्रा सबै ग्राहक महानुभावहरुमा म विनम्र अनुरोध गर्न चाहान्छु ।

अन्त्यमा म हाम्रो लक्ष्मी ट्राभल्स सधैंव तपाईंहरुको सेवामा सर्वसुलभ, भरपर्दो र विश्वसनीय रुपमा काम गर्न प्रतिवद्द रहेको विश्वास दिलाउनु चाहान्छु । काम गर्ने सिलसिलामा प्राविधिक कारणबाट कुनै त्रुटि भए प्रत्यक्ष मलाई वा हाम्रो कम्पनी र स्टाफहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ, हामी त्यस्ता कुराहरूलाई तत्काल सच्याउने छौं र तपाईंहरुको सेवामा सधैंव हाजिर हुनेछौं ।

बिक्रम जङ्ग कुँवर

संचालक लक्ष्मी ट्राभल्स लिस्बन, पोर्चुगल ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित