लण्डन । नेपालको राजनैतिक धरातलमा स्थायित्व नभएका कारण नेपाली जनताले भोगेको दुःख कष्ट र पीडाको मूल्यांकन जति गरे पनि अपूरो नै हुन् जानेछ । तर निकै ठूलो संघर्षका वाबजुद नेपालले भर्खरै सम्वोधान पाएकोछ । यस खुशियालीले गर्दा सबै नेपालीहरुले शान्तिको सास फेर्न थालेकाछन् । बिभिन्न क्षेत्रमा काम गर्नेहरुले पनि आ-आफ्नो भविष्यको रेखा कोर्ने तयारीमा लाग्न थालिसकेकाछन् । मानव जीवनमा महत्वपूर्ण भूमिका राख्ने गीत संगीतको क्षेत्रमा पनि नयाँ आशाका किरणहरु पलाउने प्रशस्त सम्भावना रहेको बताउँछन् पूर्वीय शास्त्रीय संगीतका साधक तथा नेपाली सुगम संगीतमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक शोव परियार, उनले संविधानको आगमनको सगै नेपाली सांगीतिक आकाशमा एउटा नयाँ सांगीतिक एल्बम ” शिवबुकको” पनि आज एक समारोहका बीच सार्वजनिक गरेकाछन् | बरिष्ठ संगीत सर्जक गायक तथा संगीतकार बुलु मुकारुङको हातबाट उक्त एल्बमको बिमोचन गरिएको हो । शिवबुकमा गायक शिव परियारकै सुपुत्री सुहाना रणपालको प्रस्तुति रहेकोछ यसलाई जिनियस म्युजिकले बजारमा ल्याएकोछ ।
संविधान बिहीन नेपाली आकाशमा संविधान आए पछिको सम्भवतः नै यो पहिलो सांगीतिक संग्रह बन्न पुगेकोछ । यस शुभ अवसरमा आफ्नो नयाँ सांगीतिक सौगात नेपालीहरुमाझ पस्किन पाउँदा आफूलाई साह्रै भाग्यशाली ठानेको ज्यादै खुशी लागेको कुरा बताएका थिए। बिभिन्न ७ वटा गीतिसंग्रह रहेको उक्त एल्बममा ६ वटा गीतमा उनी आफैले संगीत भरेकाछन् भने त्यसमा रहेको पिलायो साथीले … बोलको गीतमा चाहिं तारा प्रकाश लिम्बूले संगीत भरेकाछन् । प्रस्तुत एल्बमका ५ वटा गीतहरुको म्युजिक भीडीयोसमेत तयार भइसकेकाछन् भने बाँकी २ वटाको पनि तयारी भइरहेको अवस्थामा छ । यस एल्बममा रहेका गीतहरु फेसबुकले, गालैमा कोठी र रुपौली रानीले प्रशस्त चर्चा कमाइसकेका छन् भने पिलायो साथीले बोलको गीत अहिलेको चर्चित गीत मध्यमा पर्दछ । उक्त एल्बममा भएका गीतहरुको शब्द सिर्जना गर्नेहरुमा यमन सुबेदी, पुष्प दाहाल, निहारिका लक्ष्मी शाही, रमेश अधिकारी, लोकराज अधिकारि, बिवश बलिभद्र कोइराला र राजु थापा रहेका छन् ।
बिशेषगरी नेपाली गजलमा राम्रो प्रभाव पार्न सफल गायक शिव परियारले यसअघि मोक्ष्य, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछि, अन्ली यू, मेरो साथी र टाढाको साथी जस्ता एल्बमहरु बजारमा ल्याएर आफ्नो पहिचान बनाइस्दकेका छन् | सानैदेखि गीतसंगीतका पारखी परियारले आफ्नो छुट्टै पहिचान बनाउनुको साथै हजारौं नेपालीहरुको मन जित्न सफल भएकाछन् ।