नेपालको राजनीतिक ईतिहासमा तमाम पुराना कामहरु फर्छ्यौट गरि दुरगामी महत्वको काम गर्ने र मुलुक समृद्धि तर्फ लाने ऐतिहासिक दिन आज हो । सविधान जारी हुने आजको दिनलाई मुलुकका समग्र जीवनकै एउटा सफल दिनका रुपमा एमालेले स्वागत गरेको छ । यस्तो अवस्थामा विगतका उपलव्धीलाई सस्थागत गरिएको जनताको विजयको दिन र समाजबाद स्थापनाको दिशामा अघि बढने राष्ट्रिय संकल्पको प्रस्थान विन्दुका रुपमा लिदै दिपावली गर्न सम्पुर्ण बेलायतवासी आम जनसमुदायलाई प्रवासी नेपाली मंच यूके हार्दिक आव्हान गर्दछौ । संविधान सभाको सपना झण्डै ६५ बर्षपछि पुरा हुदैछ । करीव सात दशक पछि जनताका प्रतिनिधिले बनाएको संविधानको घोषणा तमाम शोषित पीडित जनता, मजदुर तथा पेशाकर्मी, किसान, व्यवसायी, बुद्धिजीवि, महिला, युवा, विद्यार्थी, विभिन्न जातजाती, दलित, उत्पीडित, मधेसी, मुस्लिम, महिला, थारु तथा सम्पुर्ण अल्पसंख्यक समुदायलगायतका विभिन्न धर्ममा आस्था राख्ने आम नेपालीको ऐतिहासिक विजय हो । संविधान घोषणाको विन्दुसम्म आईपुग्न भुमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलका नेताहरु, संविधासभाका अध्यक्ष र उपाध्यक्षसहित सवै सभासद् धन्यवादका पात्र छन । संविधानको घोषणा राष्ट्रिय एकता र उल्लासको महत्वपुर्ण दिन भएकाले आज असोज ३ गते आ आफ्नो घरमा दिपावली गर्न आव्हान गर्दछौ । साथै, बेलायतस्थित नेपाली राजदुतावासले पनि दिपावली कार्यक्रम गर्न लागेकाले अनुकुल हुनेले सरिक हुन अनुरोध गर्दछु । नयाँ संविधानमा समाजका कतिपय पक्षले आफ्ना माग र सरोकार नसमिटिएको भनि आन्दोलन गरिरहेका छन । ति पक्षहरुसँग वार्ता, संवाद र सहमति गरि जायज मागहरु ससोधन मार्फत संविधानमै संवोधन गर्न प्रमुख दलहरुलाई आग्रह गर्दछु । असन्तुष्ट पक्षहरुलाई पनि वार्ता मार्फतै संवाद र सहमति गर्न सकिने भएकाले संविधान जारी भएको दिनमा ऐक्यबद्धता जाहेर गर्दै खुसीका साथ दिपावली गर्न आव्हान गर्दछु। हार्दीक अभिबादन सहित,
रामशरण सिमखडा अध्यक्ष – प्रवासी नेपाली मंच यूके