बेलायतबाट सार्वजनिक भयो दीप्ता थापाको ‘यो जीन्दगी’

लन्डन  । हाल बेलायतमा बस्दै आएकी नयाँ  पुस्ताकी दीप्ता थापाको स्वरले सजिएको ‘यो जीन्दगी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा गुर्गाबहादुर सुवेदी लगायतको टोलीले भर्चुअलको माध्यमबाट गीतको विमोचन गरेका हुन् ।

कार्यक्रममा भर्खरै मात्र बीबीसीबाट प्रशारण हुँदै गरेको ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को सेमिफाइनलमा पुगेका सेफ सन्तोष शाह पनि उपस्थित भएका थिए ।  निकै मार्मिक शब्दहरु रहेको यस गीतमा दीप्ताको आवज पनि उत्तिकै प्रशंसनीय छ । सांगितीक माहोलमा हुर्किएकी गायिका दीप्ताका पिता दीपक थापा पनि बेलायतका एक स्थापित गायक हुन् भने आमा सुनिता गौतमको पनि नृत्यमा उत्तिकै दख्खल छ ।

संजीत देउजाको शब्द रहेको यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा कोरियोग्राफरको भूमिका गायिका दीप्तिकै आमाले निभाएकी छन् । कुशल श्रेष्ठको छायाँकन, निर्देशनमा र सम्पादनमा तयार भएको यस गीतको म्यूजिक भिडियोमा नविन निरौलाले रंग संयोजन गरेका छन् ।

म्यूजिक भिडियोलाई अन्जानीया प्रोडक्सन यूके मार्फत दीपक थापाले बजारमा ल्याएका छन् । पछिल्लो समयमा नेपाली गीत संगीतप्रति बेलायत निवासी नयाँ पुस्ताका युवायुवतीको आकर्षण बढ्दै गएको छ ।

हेर्नुहोस दीप्ता थापाको ‘यो जीन्दगी’

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित