डा. प्रकाश पौडेलको ‘यादका लहरहरु’ गीतको म्यूजिक भिडियो सार्वजनिक

लन्डन । नेपाली सांगीतिक क्षेत्रमा श्रव्य र दृश्यको एउटा नौलो समिश्रण भएको छ ।  पुराना नायक नायिकाको दृश्य र लोकप्रिय गायिकाको स्वरको समिश्रणमा  ‘यादका लहरहरु’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र रिलिज भएको छ ।

डा. प्रकाश पौडेलको शब्द रहेको यस गीतमा गायिका अन्जु पन्तले आवाज दिएकी छन् । “आंखाहरु यिनै थिए आंशुहरु फेरिरहें ,  दोबाटोमा छाडीगयौ , गोरेटोमा एक्लो भएँ “ गीतका शब्दहरु निकै मार्मिक रहेका छन्  ।

राज सागरको संगीत रहेको यस गीतमा संगीत संयोजन गोपाल रसायलीको रहेको छ । म्यूजिक भिडियोमा  नेपाली चालचित्र क्षेत्रका निकै चर्चित अनि लोकप्रिय  नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय अभिनय रहेको छ ।

उत्तम हुमागाईंको छायांकन तथा प्रविन श्रेष्ठ (मोक्ष) को सम्पादन रहेको यस म्यूजिक भिडियोमा हारी हुमागाईंको निर्देशन रहेको छ ।

‘यादका लहरहरु’ म्यूजिक भिडियो हेर्नुहोस्  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित