नेपालमा थप दुई हजार १०१ जनामा संक्रमण, १३ जनाको मृत्यु

काठमाडौँ  ।  थप दुई हजार १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

 उपत्यकामा मात्र  एक हजार २०७ संक्रमित थपिए

काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित