नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

काठमाडौँ  । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ ।

भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा ग्राहकको भीड लाग्छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विगत वर्षमा जस्तो भाँडाको व्यापार नभएको चावहिलमा भाँडा पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर श्रेष्ठले बताउनुभयो ।

यमपञ्चकको पहिलो दिन बिहीबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान शुरु भएको छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।

 मनाइयो काग तिहार   

साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान शुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि शुरु भएको समितिले जनाएको छ । सूर्योदय कालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गरी मीठा चीजबीज खान दिइन्छ ।

कागले यमदूतका रुपमा समेत काम गर्ने विश्वास गरिन्छ । घरमा काग कराएमा केही सन्देश ल्याएको मानिन्छ । काग कराउँदा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । तिहारलाई नेपालीले दोस्रो ठूलो चाडका रुपमा मनाउँछन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित