नेपालमा थप एक हजार ९१३ जना संक्रमित, १५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।

यसैगरी आज दुई हजार ३४९ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४६१ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित