जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने पक्का

लन्डन । अमेरिकाको राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक मत उनले सुरक्षित गरिसकेको बीबीसीले जनाएको छ ।

प्रतिस्पर्धात्मक निर्वाचनको मुख्य ब्याटलग्राउन्ड मानिएको पेन्सिलभेनियामा राज्य बाइडेनले जितेका छन् । यो राज्यको मत आफ्नो पक्षमा पारेपछि बाइडेनलाई राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० मतभन्दा ३ मत धेरै २ सय ७३ मत सुरक्षित भएको हो ।

बाइडेनले पेन्सिलभेनियामा ३३ लाख ४५ हजार ९ सय ६ मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ४ सय ४८ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव ५ प्रतिशतको अग्रता कायम गरेर पेन्सिलभेनियामा जितेका हुन् ।

जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

केही राज्यमा मतगणना अझै जारी रहेकाले औपचारिक घोषणा हुन भने थप केही समय लाग्नेछ । तर अहिलेसम्मको मत परिणामअनुसार बाइडेन विजयी भएका छन्  ।

इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च छ । जर्जियामा अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन् । ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित